केन्द्रबिन्दु संवाददाता । काठमाडौ, १ कात्तिक।वन्यजन्तु ओसारपसार गर्ने ४ विदेशी नागरिकसहितको एक गिरहोलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ । नाइजेरियाबाट आयातीत विभिन्न प्रजातिका जिउँदो वन्यजन्तु तथा पंक्षीहरुसहित उक्त गिरहोमा संलग्न ४ विदेशीसहित ६ जनालाई सीआइबीले पक्राउ गरेको हो । विभिन्न प्रजातिका वन्यजन्तु तथा पंक्षीसहित गिरहोलाई काठमाडौँ महानगरपालिका–३ बाँसबारी सल्लाघारीबाट पक्राउ गरिएको हो…