साझा प्रकाशनका अध्यक्षलाई हटाउनुको कारण देखाउन आदेश

काठमाडौं, २४, असोजसर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा कारण आदेश दिएको छ । न्यायाधीश दीपकराज जोशीको इजलासले सोमबार शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । सुनुवाइको मौका नदिई बर्खास्त गरेको भन्दै शर्माले आइतबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए…

Logo