२० भदौ ,काठमाडौं नेपाल एलपी ग्याँस उद्योग संघले १५ दिनभित्र ग्याँस बुलेट सञ्चालनमा आउन नसके दसैंतिहार लगायत चाडवाडमा खाना पकाउने ग्याँसको ढुवानी ठप्प गर्ने चेतावनी दिएको छ । संघले एक विज्ञप्ति निकाल्दै सरकारकै स्वीकृतिमा आफुहरूले बुलेट निर्माण गरेको र ती बुलेट एक वर्ष बित्न लाग्दा समेत आउन नसकेकाले बुलेट सञ्चालनमा ल्याउन १५ दिनको अल्टिमेटम दिएको…