नेपालगन्ज,जिल्ला प्रहरी कार्यालय बाँकेले १८ किलो ४ सय ग्राम लागू औषध अफिमसहित ४ जनालाई पक्राउपछि सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बुधबार बिहान ६ बजे लागू औषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले नेपालगन्ज–२२ पुरैनीतर्फबाट नेपालगन्ज आउदै गरेको भे १ ह १३९५ नंम्बरको अटोरिक्सामा सवार…