जिल्ला प्रशासनल कार्यालय चितवनले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गराएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार यसअघि नै बन्द भएका पाँचसहित थप १३ वटा क्रसरलाई बन्द गराइएको हो । जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकाकाका पाँच वटा क्रसर उद्योग बन्द गराएको छ । महानगरपालिका वडा नं. १ मा एक, वडा नं.…