काठमाडौं ।प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज प्रतियोगिताअन्तर्गत तेक्वान्दोको पुम्से विधामा नेपालका मधुसूदन सापकोटाले स्वर्ण पदक जितेका छन् । भर्चुअल प्रतिस्पर्धामा सापकोटाले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण जितेका हुन् ।तेक्वान्दोको पुम्से स्पर्धामा नेपालकी प्रगती कुइँकेल र आयुश बोहराले रजत पदक प्राप्त गरे भने भिजन तामाङ र प्रविण श्रेष्ठले काँस्य पदक प्राप्त गरेको नेप्लिज तेक्वान्दो एकेडेमीका…