भैरहवा । वात्सल्य एभरेष्ट महिला भलिवल लिगको फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले प्रतियोगिताको ट्रफी टुर र ट्यालेन्ट हन्ट कार्यक्रम भैरहवामा सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टोली लुम्बिनी लाभाजले भदौ ९ गते रुपन्देहीको भैरहवामा “ट्रफि टुर” तथा “ट्यालेन्ट हन्ट कार्यक्रम” सञ्चालन गर्ने भएको हो । लुम्बिनी लाभाजका अनुसार मायादेवी मन्दिर परिसरमा ट्रफी अनावरण…