काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखराको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर पोखराको बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने जानकारी दिएको हो । पोखराको कर्भड हलमा इडब्लुभी आयोजनालाई राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति प्राप्त भइसकेको छ ।…