काठमाडौं। नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ। प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा १० दिनसम्म सञ्चालन हुनेछ। लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिन आधारमा खेलाइनेछ र शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि भिड्नेछन्। पहिलो दिन चार खेल…