नेपाल सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझ्न नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ। संसदीय समितिको आजको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले नक्सामा लुम्बिनी, कपिलवस्तुसहितको नेपाली भूमि समावेश भएकाबारे जानकारी लिन भनेको उल्लेख गरे। भारतको विदेश मन्त्रालयले सम्राट अशोकका समय कायम रहेको भू-भागलाई समेटेर नक्सा बनाएको र यो राजनीतिक नभएको स्पष्ट पारेको मन्त्री साउदले बताए। विशेष…