नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक रहेको औंल्याएका छन् । काठमाडौंमा आज आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा अध्यक्ष भट्टराईले शैक्षिक परामर्श क्षेत्रका समस्याहरू समाधानका लागि छुट्टै नयाँ ऐन आवश्यक रहेको भन्दै सरकारकाे ध्यानाकर्षण गराएका हुन् । ‘शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक छ, जसको लागि सरकारले पहल गर्नुपर्छ’…