काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्ष स्थानको दिल्ली क्यापिटल्सले तेस्रो स्थानको गुजराज टाइटन्सलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । अहदावादमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०३ रन जोडेको हो । दिल्लीका लागि कप्तान अक्षर पटेलले ३२ बलमा सर्वाधिक ३९ रन जोडे । अशुतोष शर्माले १९ बलमा २…