बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकपमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो । काँक्रेविहारको जितसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ । दोस्रो हाफको ५१ औँ मिनेटमा काँक्रेबिहार फुटबल क्लब सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिएका थिए ।…