काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी भदौको अन्तिम हप्ता नेपालमा आयोजना हुने भएको छ। स्पेनको सान्ता सुसानामा बसेको एआइपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्चले कार्यक्रम आयोजनाको जिम्मा पाएको हो। बैठकमा नेपाल मलेसिया र कीर्गिस्तानले दाबी पेश गरेकोमा नेपालले उक्त दाबी जितेको थियो। नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि…