यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो । नेपालको सुरुवात भने खराब थियो । १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले…