सोमपालले लिए दोस्रो विकेट

काठमाडौँमा जारी त्रिदेशीय शृङ्खलामा यूएईविरुद्ध सोमपाल कामीले दोस्रो विकेट लिएका छन्। मूलपानी क्रिकेट मैदानमा जारी खेलमा कामीले ८ रन बनाएका मोहमद विसिमलाई आफ्नो दोस्रो शिकार बनाएका हुन्।  यसअघि पहिलो ओभरको छैटौँ बलमा उनले १२ रन बनाएका खालिद साहलाई आउट गरेका थिए। आजको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ। 

Logo