दर्शकहरु खेल हेर्न ओइरिएका थिए । दशरथ रंगशाला खचाखच थियो । दशौं संस्करणअन्तर्गत भएको साफ च्याम्पियनसिपमा पाकिस्तानले नेपाललाई दबावमा राखिरहेको थियो । खेलमा पाकिस्तानले बाजी मार्ने पक्का जस्तै थियो । पाकिस्तान एक गोलले अगाडि थियो र खेल अवधि गुज्रिनै लागेको थियो । दर्शकहरुको उत्साह ह्वात्तै घटेको थियो । त्यही बेला नेपालको टोलीबाट मैदानमा आलाकाँचो युवाले…