ललितपुरनेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आउँदो बैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ ।जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपाली स्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो । फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी बैशाखमा प्रक्षेपणको तयारी भने पनि गते निश्चित गरिएको थिएन् ।“करिव ४०० किलोमिटरमाथि आकाशबाट भूउपग्रह प्रक्षेपण…