जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले साल्केमाथि फराकिलो जित दर्ता गरेकाे छ । आइतबार राति सम्पन्न खेलमा बायर्नले साल्केलाई उसकै मैदानमा ४–० को अन्तरले पराजित गरेकाे हाे ।बायर्नले खेलको ३३औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । ५४औं मिनेटमा किम्मिखकाे पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।खेलकाे ८८औं मिनेटमा मुलरले किम्मिखकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो…