काठमाडाैं । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले हार व्यहाेरेकाे छ । गएराति स्ट्यामफोर्ड ब्रिजमा भएकाे रोमाञ्चक भिडन्तमा चेल्सीले लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको हाे । यो नतिजाले घरेलु टोली चेल्सीको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ भने च्याम्पियन लिभरपुलले सिजनको अप्रत्याशित हार व्यहाेर्नुपरेको छ। खेलको तेस्रो मिनेटमै एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई…