नेपाल र हङकङ चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा भिड्दै छन् । हङकङले नेपालसामु जितका लागि १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ । तर, नेपालको उत्कृष्ट सुरुवातका बीच वर्षा बाधक बनेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा १०२ रनको लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा एक विकेटको क्षतिमा ३७ रन बनाएको छ…