आईएसएफ यु-१५ जिम्न्यासाइडमा निश्चित कार्कीले हात पारे स्वर्ण

नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू-१५ जिम्न्यासाइडमा स्वर्ण पदक जितेका छन्। मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा कार्कीले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन्। कार्कीले फाइनलमा १० अंकको खेलमा ७.४ अंक जोड्दा प्रतिद्वन्द्वी बाजिलका खेलाडीले ७.१ अंक मात्र प्राप्त गरेका थिए। यसअघि कार्कीले सेमीफाइनलमा मेक्सिकोलाई हराएका थिए। मेक्सिकोले ६.८अंक जोड्दा ७.४अंक प्राप्त गरेका थिए।…

Logo